मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक

  • प्रकाशित मिति : २०८३ श्रावण ४, सोमबार
  • नेपाल टेल संवाददाता

मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ।

गुठीका अनुसार यस वर्ष प्राप्त २९८ पुस्तकमध्ये मूल्याङ्कनपछि १० कृति छनोट गरिएको हो। छनोटमा अज्ञात, इथा, उत्कर्ष, नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, नेवार समुदायका परम्परागत मुकुन्डोनाच, परिधि, महायुग, सलह, स्वस्पर्श र हिउँद परेका छन्।



यीमध्ये एक कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ। गुठीले २०७२ सालदेखि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास गर्दै आएको छ। हाल मदन पुरस्कारको राशि ४ लाख रुपैयाँ रहेको छ।